डेङ्गु संक्रमण बढ्दै गएपछि सतकर्ता अपनाउन सचेतना

5
views

नवदृष्टि संवाददाता
३० साउन
पर्वत÷ पर्वतमा डेङगुको संक्रमण बढ्दै गएपछि स्थानिय निकायहरुमा सचेतना अभियान संचालन गरिएको छ ।

जिल्लाको फलेवास नगरपालिकाले विद्यालयहरुमा डेङ्ग संम्वन्धि सचेतना कार्यक्रम गरेको छ । सचेतना कार्यक्रममा डेङ्गु रोग, लामखुट्टे नष्टगनर्,े टोकाईबाट कसरी बच्ने उपाय तथा सरसफाईका बारेमा जानाकारी दिईएको थियो ।
फलेवास नगर अस्पतालका स्वास्थकर्मीले डेङ्ग संम्वन्धि सचेतनाजनाकारी दिएका थिए । स्वास्थ्यकर्मीले लामखुट्टे भगाउने र नस्ट गर्ने कार्यकमा सबैलाइ सक्रिय रहन आग्रह गरेका थिए ।
जिल्ला अस्पताल पर्वतमा मंगलबार सम्म ९४ जनालाई डेङ्गु संक्रमण देखिएको थियो । यसमा सबै भन्दाबढि कुश्मानगरपालिकामा देखिएको थियो ।