सुनको मूल्यले उचाई चुम्दै

13
views

नवदृष्टि संवाददाता
२९, साउन
काठमाडौ । नेपाली बजारमा मंगलबार सुनको मूल्यले अहिलेसम्म उच्चता कायम गर्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १ लाख ५० हजार ८०० रुपैया कायम भएको हो ।

यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सुनको मूल्य १ लाख ५० हजार रुपैयाँ सम्म कायम भएको थियो ।
सोमबार तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य एकै दिन २१ सय रुपैयाँ बढेर रेकर्ड कायम भएको हो । यस्तै चादीको मूल्य मंगलबार तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको छ ।