सहमतिकालागि भन्दै बैठकबाट अध्यक्ष नै बाहिरीएपछि..

33
views

नवदृष्टि संवाददाता
पर्वत, ३१, पर्वत
जिल्लाको सदरमुकाममा रहेको शिवालय मावि बगैचा कुश्माको विद्यालय लामो ईतिहास बोकेको जिल्लाको एक नमुना सामुदायिक विद्यालय हो ।

विद्यालयलाई अझै राम्रो र प्रभावकारी बनाउनको लागि व्यवस्थापन समिति गठन प्रक्रिया अगाडि बढी रहेको छ । यसै संदर्भमा यस विद्यालय व्यवस्थापन समितिको पहिलो बैठक जेष्ठ सदस्य ज्ञान बहादुर भण्डारीको अध्यक्षतामा बैठकबसी एजेण्डामाथि छलफलगर्ने क्रममा अध्यक्षता गरिरहेका भण्डारी नै सहमतिको लागि भन्दै बैठकबाट बाहिरिएका छन् । बैठकमा विदालयका प्रअ भुपेन्द्र शर्माले बैठकका एजेण्डा प्रस्तुत गर्दागर्दै बाहिरिएपछि बैठक स्थगित भएको जनाईएका छन् ।
छलफलगर्ने बैठकबाट अध्यक्षनै बाहिरिएपछि सदस्य सचिव प्रअले विधि अनुसार सदस्यहरुबिच छलफल गरेर बैठक बोलाउने बताएका छन् । बैठकबाट अध्यक्षनै बाहिरिएपछि बैठक स्थगित गरियो,बहुमत सदस्यसहितका लिखित वक्तव्य आएको छ, प्रक्रिया अनुसार छलफलगरि बैठक बोलाउछु बैठक गरिरहेका सदस्य सचिव विद्यालयका प्र अले भने, ।
यता व्यवस्थापन समिति प“ाच सदस्यहरुले सोही बिषयमा विज्ञप्ती जारी गरेका छन् । ती सदस्यले भनेका छन्,अध्यक्षता गरिरहेका भण्डारीले एकाएक माईनट लिई बैठक स्थगितभनी वडा अध्यक्षसगै बाहिरिनु खेदजनक भएको उल्लेख गरेका छन् । बैठकमा अध्यक्षता गरेका भण्डारीले बहुमत सदस्यहरुबिच अल्पमतमा पर्ने देखेपछि लोकतान्त्रिक विधि र पद्धतीको धज्जी उडाउएको बताएका छन् ।
विज्ञप्तीमा विद्यालयको व्यवस्थापन समितिलाई अनिर्णयको बन्दी बनाईन नहुने, विद्यालयको शैक्षिक गुणस्तर सुधार गरिनुपर्छ भन्ने आम अभिभावक, चन्दादाता,शिक्षाप्रेमी, विद्यार्थीको चाहनालाई शीघ्र पुरागर्न समितिलाई पुर्णता दिनु भएको जनाएका छन् । समितिका सदस्य भविन्द्र गिरी, राधा नेपाली गुरुङ्ग, सावित्री सुवेदी, विष्णु आचार्य भण्डारी र यज्ञ प्रसाद शर्माको हस्ताक्षरमा निकालिएको विज्ञप्तीमा भनिएको छ । बैठकको पहिलो एजेण्डा बमोजिम अ्रध्यक्ष छनोट सम्वन्धि प्रस्तावमा बहुमत पा“च सदस्यहरुको सहमतिमा विदालय व्यवस्थापन समिति सदस्य भविन्द्र गिरिलाई अध्यक्ष पदमा प्रस्तावगरी समर्थन गरिएको व्यहोरा समेत जनाएका छन् ।