इन्धनको मूल्य घट्यो

12
views

नवदृष्टि संवाददाता
३२, साउन
काठमाडौ ः नेनेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोलमा ५ र मट्टीतेल तथा डिजलमा ३ रुपैया“ मूल्य घटाएको हो । बिहिबार राती १ बजेदेखि नया“ मूल्य लागू हुने निगमले जानकारी दिएको छ ।

नेपाल आयल निगमका अनुसार घटेको मूल्य अनुसार काठमाडौ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैया“ र डिजेल तथा मट्टितेल १५५ रुपैया“ कायम भएको छ । त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजेल र मट्टितेल १५२ रुपैया“ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४, डिजेल तथा मट्टितेल १५४ रुपैया“ कायम भएको छ ।