नेपाल उद्योग व्यापार महासंघ पर्वतको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा अधिकारी

23
views

नवदृष्टि संवाददाता
पर्वत, २, साउन
राष्ट्रिय स्वाधिनताकोलागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय औद्योगिकिकरण तथा व्यापारमा विविधिकरण भन्ने मुल नाराकासाथ नेपाल उद्योगव्यापार महासंघ पर्वतको प्रथम अधिवेशन शनिवार सम्पन्न भएको छ ।

सम्पन्न अधिवेशनले दिपक अधिकारीलाई निर्वाचित गरेको छ । त्यसैगरी समितिको उपाध्यक्षमा टेक बहादुर थापा र रामबहादुर महासचिवमा जमुना अधिकारी, सचिवमा डिकबहादुर राना, कोषाध्यक्षमा सोनाम थापाक्षेत्री, सहकोषाध्यक्षमा रिता दर्जी निर्वाचित भएका छन् । त्यसैगरि सदस्यहरुमा डम्वर बहादुर विक, निर बहादुर विक, गोपाल भुषाल, पोषकान्त पौडेल, कुमबहादुर पुन, भीम दर्जी, विष्णु जिसी, भविसरा विक, गणेशबहादुर सुवेदी, गमु शाही हमाल, सम्राट गुरुङ्ग, विरबहादुर गैरे, विष्णु विक, गोविन्द तिवारी, कमल सुवेदी, दुर्गादेवी शर्मा, कमलप्रसाद लामिछाने, जीवन भुर्तेल, शोवाखर तिवारी,टेकबहादुर क्षेत्री र रामु गौडेल निर्वाचित गरेको छ ।
प्रथम जिल्ला अधिवेशनको उद्घाटन उद्योगव्यापार महासंघका केन्द्रिय अध्यक्ष खेमराज भण्डारीले गरेका छन् । उद्घाटनगर्दै अध्यक्ष भण्डारीले राष्ट्रिय अर्थतन्त्रको विकासकोलागि साना तथा मझौला उद्यागीव्यवसायलाई प्रवद्र्धनगर्न आवश्यक रहेको बताए ।

उत्पादनमा आधारित साना तथा मझौला उद्योगहरु लाईपनि ठुला उद्योगहरुसग जोड्नका लागि पहल कदमी भईरहेको बताए । सोही अवसरमा उद्योग व्यापार महासंघका केन्द्रिय महासचिव खेमलाल पराजुलीले राष्ट्रिय अर्थतन्त्र उकास्न र व्यवासयको प्रर्वद्धनगर्न स्वाधिन र आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिएका थिए । उनले साना तथा मझौला उद्यमील्ाँई प्रोत्साहनगर्ने कार्यक्रमहरु लागु गर्न माग गरिएको बताए ।
उद्योग व्यापार महासंघका अध्यक्ष गणेश लामिछानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा केन्द्रिय उपाध्यक्ष्ँ तथा महिला विभाग प्रमुख गोमा ढकाल, केन्द्रिय उपाध्यक्ष गोपी अधिकारी, गण्डकी प्रदेशका अध्यक्ष जगनराज पराजुली, बाग्लुङ्गका अध्यक्ष मुकेशराज भण्डारी, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश उपाध्यक्ष गुणाखर बस्याल, नेकपा माओवादीका केन्द्रिय सदस्य नेत्र अधिकारी, नेकपा माओवादी केन्द्रका पर्वत जिल्ला संयोजक उमाकान्त भुर्तेल, फलेवास नगरपालिकाकी नगरउपप्रमुख शोभा क्षेत्री, जलजला गाउपालिकाका उपाध्यक्ष दिपक आचार्य आकाश, उद्योग बाणिज्य संघ पर्वतका पुर्व अध्यक्ष एवं नेपाल उद्योग व्यवसायी महासंघ पर्वतका अध्यक्ष हरिओम शर्मा लामिछाने, पत्रकार महासघ पर्वतका सचिव राजबाबु पिसी लगायतले बोलेका थिए । कार्याक्रमको धन्यवाद केन्द्रिय उपाध्यक्ष गोपी अधिकारी र संचालन महासचिव खड्कप्रसाद खनालले गरेका थिए ।