जापान रेमिट फाईनान्सको ’ब्राण्ड एम्बेसडर’मा रवि ओड

19
views

दुर्लभ सारु मगर
टोकियो,जापान, ३, भदौ । जापान रेमिट फाईनान्सले लोकप्रिय गायक तथा सिजन–२ नेपाल आइडलको विजेता रवि ओडलाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको छ । रविसगको सहकार्यले जापानमा रहेका नेपालीहरूका लागि जापान रेमिट फाईनान्सबाट रेमिटेन्स सेवाहरूमा प्रवर्द्धन गर्ने र चेतना जगाउने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

ब्राण्ड एम्बेसडर नियुक्तिको एक कार्यक्रममा जापान रेमिट फाईनन्सका म्यानेजर ऋषी आचार्यले भने, ‘रेमिट्यान्स सेवालाई सबै नेपालीका लागि सरल, सहज र पहुुँचयोग्य बनाउने हाम्रो लक्ष्यलाई प्रवर्द्धन गर्नको निम्ति ओडसंग साझेदारी गर्न पाउदा हामी निकै उत्साहित भएकै छौ । ओड धेरैको मन मस्तिष्कमा बस्न सफल भएका लोकप्रिय कलाकार हुन् र हामी विश्वास गर्छौ, कि उहाँको यो साझेदारीले हाम्रो दृश्यतालाई उल्लेखनीय रूपमा बढवा दिनेछ र हाम्रो सेवालाई अझै लोकप्रिय बनाउनेछ’ भन्नेमा हामी विस्वस्त रहेका छौं ।

जापान रेमिट फाईनान्सको ब्राण्ड एम्बेसडर नियुक्तपछि रवि ओडले आँफू जापानको प्रत्यसित रेमिट्यान्स कम्पनी संग जोडिएर ब्राण्ड एम्बेसडर हुन पाउदा निकै खुशी लागेको बताए ।

उनले भने,‘मैले यस कम्पनीका लागि तनमन लगाएर जापानमा रहेका सम्पुर्ण नेपाली र नेपालबाट जापान जाने नयाँ नेपालीहरुलाई जापान रेमिट फाईनान्सबाटै रेमिट्यान्स गरौं भन्ने सन्देश सहित प्रवर्द्धन गर्ने उद्देश्य रहेको बताए । ओडले सामान्य अवस्थादेखि यहासम्म आउदा जापानमा रहेका सम्पुर्ण प्रवासी नेपाली समक्ष आफू यसरी जोडिन पाउदा आफूलाई निकै सौभाग्य ठानेको बताए ।

विगत लामो समय देखी जापान रेमिट फाईनान्स (जेआरएफ) द्धारा जापान लगायत विश्वका विभिन्न मुलुकमा पैसा पठाउन सकिन्छ । जापानको टोकियोमा सन् २०१२ बाट सञ्चालनमा आएको यस रेमिट्यान्सले विश्वका १६४ मुलुकमा पैसा पठाउने गर्दछ । विगत १२ वर्ष देखी विभिन्न मुलुकका सेवाग्राहीलाई जापान देखी उच्च विनिमय दररेटमा सेवा दिदै आईरहेको यस रेमिट्यान्स कम्पनीले सेवाग्राहीको कामलाई अझ सजिलो तरिकाले छिटो र सहज बनाउको लागी विभिन्न आफ्नो जेआरएफ कार्डहरु पनि लन्च गर्दै आईरहेको छ ।

अहिले सेवाग्राहीले जेआरएफ ईको कार्ड र जेआरएफ बल्याक कार्ड अत्याधिक मात्रामा रुचाउदै प्रयोगमा आईरहेको छ । पछिल्लो समय जापान रेमिट फाईनान्सको मोबाईल एप्लिकेशन बाट त झनै सबै किरा घरमै बसी बसी गर्न सकिने भएको हुदा सबैको रोजाईमा पर्न सफल भएको छ ।

मोबाईल एप्लिकेशनबाट नेपालमा ईसेवा, खल्ती पे, आईएमई पो, प्रभु पे मा उच्च विनिमयदरमा सहजै पैसा पठाउन मिल्ने भएको हुँदा सेवाग्राहिलाई निकै सहज भएको छ । जापान रेमिट फाईनान्सको मोबाईल एप्लिकेशन जेआएफ वालेट बाट पैसा पठाउन र पैसा झिक्न पनि मिल्ने छ, वालेट मार्फत जापानको बैंकहरुमा पनि डोमेस्टिक बैंकिङ् कारोबार गर्न सकिने छ ।