जनै पुर्णिमा देशभर मनाईयो, राष्ट्रपतिद्धारा रक्षाबन्धन ग्रहण

6
views

नवदृष्टि संवाददाता
पर्वत, ३ भदौ
काठमाडौ । देशभर हिन्दुधर्माबलम्वीहरुले जनैपुर्णिमा रक्षाबन्धन धारणगरि खुसीसाथ मनाएका छन् । परिवारमा ब्राम्मण, आफन्त, ईस्टमित्र, दाजुभाई, दिदिबहिनी बिच एकअर्कामा ताओ, राखि बनेर सौहार्दपुर्ण वातावरणमा मनाएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज सोमबार वैदिक विधिअनुसार नवयज्ञोपवित जनै एवम् रक्षाबन्धन ग्रहण गरेका छन् ।

राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट निर्धारित साइत अनुसार वैदिक विधिअनुसार रक्षाबन्धन ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपतिका आफन्तजनले समेत रक्षाबन्धन ग्रहण गरेका थिए ।