“छोरी”

14
views

मेरी
प्राण प्यारी
छोरी,तिमी मेरो
जीवनको अमृत स्रोत
हौ, मेरो आत्माको आलोक हौ,
जुन सदा अविचल रहन्छ, तिमीलाई हेर्दा मेरो अन्तरमनमा एउटा नयाँ ज्योति जागृत
हुन्छ, जसरी सूर्यले सम्पूर्ण
भूमण्डललाई
आलोकित
गर्छ,
तिमीले पनि
मेरो जीवनमा नवप्रभातको
अंश बोकेर प्रवेश गर्यौर मेरो मनको दिप
बनेकी छौ, जसले अन्धकारलाई हराउँदै सदा सत्यको मार्गमा लाने सामर्थ्य राख्छ,जसरी हिमालको शिखरले आकाश चुम्छ,
तिमी पनि मेरो अस्तित्वको
सर्वोच्च शिखर बनेर
आइपुगेकी
छौ,
सधैँ नवजीवन
र आशाका किरणहरू
छर्दै, मेरो हृदय तिमीले गाढा
प्रेम र अभिन्न स्नेहले भरिदिएकी छौ,
जसरी चन्द्रमाको शीतल ज्योत्स्नाले रात्रिलाई सौम्य बनाउँछ, त्यसैगरी तिमीले मेरो
जीवनको हरेक पललाई शान्ति
र सुखले ओतप्रोत
गराएकी
छौ,
तिमी नव
प्रभातकी किरण हौ,
जसले मेरो सम्पूर्ण तन मन लाइ
उज्यालो र प्रेमले पूरित बनाइरहेकी छौ १
छोरी
तिमीलाई
काखमा लिँदा,
म आँफै मा विस्मृत हुने गर्छु,
जसरी वर्षाले सुक्खा माटोलाई जीवन दिन्छ,
त्यसरी नै तिम्रो आगमनले मेरो हृदयलाई हराभरा बनाएको छ, तिमी सानी छौ, तर तिमीमा
धेरै भविष्यका दिव्य रूप देख्ने
गरेको छु,तिम्रा नयनमा
सागरको गहिराई छ,
झनै तिम्रा
आँसुहरूमा
इन्द्रेणीको सौन्दर्य
झल्किन्छ,जब तिमी ‘बाबा’
भन्दै मुस्काउछौ, मानौं सुक्खायाम मा आकाशको गर्जनपछि परेको पहिलो पानीको झोक्का जस्तै प्यारो लाग्छ, तिम्रा शब्दले
मेरो हृदय भिजाउँछन्, र म प्रकृतिसँग
तुलना गर्न असमर्थ हुन्छु, तिमी
सूर्यकी रश्मि हौ, जुन सधैँ
मेरो जीवनमा प्रकाश
ल्याउँछ,
तिमी
चन्द्रमाको
जस्तो शीतलता बोकेर
आएकी छौ,र म तिमीलाई हेर्दै,
अनन्त शान्ति महसुस गर्दछु,तिमीलाई हेर्दा म सोच्दछु, मेरो आमा(बाबाले पनि मलाई
यस्तै माया गरेका होलान्,तिमी
जस्तै सानो हुँदा म पनि
यस्तै
मायालु थिँए होला,
तर आज म उनीहरूबाट टाढा छु,
अनि माया दिनुको गुन तिर्न सकिरहेको छैन,तर तिमीलाई हेरेर म उनीहरूलाई सम्झन्छु,
र तिमीमा उनीहरूको प्रतिबिम्ब
देख्छु,तिमीले थाहा
नपाउने गरि
मेरो
जीवनको
गति परिवर्तन गर्दैछ्यौ,
जसरी झरनाको अविरल धाराले
चट्टानलाई खोप्दछ,तिमीले ममा नयापन ल्याएकी छौ,जसरी वसन्त ऋतुले
मसान भूमि पनि हराभरा बनाउँछ,
तिमी मेरो जीवनको त्यो फूल
हौ,जसको सुवासले मेरो
मनको आँगनलाई
सधैँ सुवासित
गरिरहनेछ,

तिमी
मात्र मेरो
छोरी होइनौ,
तिमी मेरो अस्तित्वको
विस्तार हौ, तिमी मेरो अन्धकार
जीवनमा शीतल ज्योति हौ, जसरी सूर्यले बिहान उज्यालो ल्याउँछ,तिमीले मेरो प्रत्येक
बिहानलाई सार्थक बनाउन
आएकी छौ, मेरी सानी
छोरी, तिमी मेरो
हृदयको
सजीव आकाश हौ,
तिमीलाई माया गर्ने, सिच्ने,
र सधैँ तिम्रो साथ दिने, यो बाबुको
अस्तित्वको आधार तिमी नै हौ, तिमी जब निदाउँछौ मेरो काखमा, म त्यही
निद्रामा तिमीलाई भविष्यका
सपनाहरू देखाउने
गरेको
छु,
तिमीले
पाउने हरेक
सफलता मेरो
जीवनको विजय हुनेछ,
र तिमीले पार गर्ने हरेक बाधा
मेरा सपनाहरूको साकार प्रतिमूर्ति बन्नेछ,
तिमीले मेरो जीवनमा झैँ संसारलाई
पनि प्रेमको उज्यालो छर्नु है, र म
तिमीलाई सधैँ त्यो प्रेमको
प्रकाशमा देखिरहन
चाहन्छु ११

‘‘यस पाठक‘‘
(यूएइ)