भष्ट्राचारी र भष्ट्राचारको विरुद्ध जनसंघर्ष समितिको आह्वान

13
views

नवदृष्टि संवाददाता
पर्वत, २६ भदौ
नेपाल कम्युनिष्ट पार्टि( बहुमत)को केन्द्रिय कार्यक्रम अनुसार देशमा भएका भष्ट्राचार विरुद्ध जनसंघर्ष समिति पर्वतले भष्ट्राचारी र भष्ट्राचारको प्रतिरोध र प्रतिपादगर्न आह्वान गरेको छ ।

मंगलबार भष्ट्राचार विरुद्ध जनसंघर्ष समिति पर्वतद्धारा किसानको हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ, देशमा देखिएको व्याप्त भष्ट्राचार,अनियमितता,वित्तीय शोषण, राज्यश्रोतको दोहनको विरुद्ध संघर्षरत रहेको र पछिल्लो ३२ वर्षमा उच्चतहको नेतृत्वमा पुगेका कर्मचारी, राजनितिक नेता, न्यायाधिश, सुरक्षा निकायका प्रमुखको सम्पत्ति छानविनगरिनुपर्ने र भष्ट्राचार ठहरेको सम्पत्ति राष्ट्रिय करण गरिनुपर्ने, वित्तीय क्षेत्रका पिडितलाई राज्यले न्याय दिलाउनुपर्ने जनाईएको छ ।
विज्ञप्तीमा जिल्लामा भष्ट्राचार विरुद्ध जनसंघर्ष समिति गठनगरि भष्ट्राचार विरुद्धको दस्ता निर्माणगर्ने कार्य सम्पन्न भएको र क किसानको नेतृत्वमा ७ सदस्यीय भष्ट्राचार विरुद्ध जनसर्घष समिति गठन गरिएको समेत जनाएको छ ।
संर्घष समितिले जिल्लामा भएका विकास निर्माण आयोजन,सरकारी तथा गैरसरकारी कार्यालय, स्थानिय निकाय विभिन्न निकायमा हुने भष्ट्राचार अनियमितता, सेवाप्रदाय निकायहरुबाट हुने ढिलासुस्तीका विरुद्ध संर्घषगर्ने जनाईएको छ ।
भष्ट्राचारलाई सुन्य बनाउन सु–सासन र सदाचारयुक्त समाज निर्माणगर्न सबैको सहयोगको लागि आ–आफ्ना ठाउमा भष्ट्राचार र भष्ट्राचारी विरुद्ध प्रतिरोध र प्रतिवादगर्न आव्वान समेत गरेको छ ।