पर्वत जिल्ला अस्पतालको वार्षिक समिक्षा, पानीको समस्या हट्यो, विरामीको चाप, सेवामा विस्तार

17
views

नवदृष्टि संवाददाता
पर्वत, ५ असोज
धेरै समय पहिला देखि पानीको समस्या भोग्दै आएको जिल्ला अस्पताल पर्वतमा पानीको व्यवस्थापन गरिएको छ । जिल्ला अस्पताल व्यवस्थापन समितिको पहलमा कुनपा ५ को गोपाङ्गघाटबाट लिफ्टीङगरि पानी तानी जिल्ला अस्पताल पर्वतमा ल्याएपछि पानीको समस्या हटाईएको हो । अहिले प्रतिमिनेट ३० लिटर पानी अस्पताल लिफ्टिङ्गबाट आउने गरेको बताईएको छ। चैत्र बैसाख देखि टेंकरमा खानेपानी लाई सेवा दिईरहेको अस्पतालले अहिले पानीको सुविधा पुगेपछि सहज महशुस गरिएको जनाईएको छ ।

पानीको व्यवस्थापन र अस्पतालका नया भवनबाटसेवा दिनथालेपछि सेवामा पनि विस्तार गरिएको छ । २४ सै घण्टा ल्याव, एक्सरेसेवा, ईर्मेजेन्सी, इन्डारलगायतका बहिरङ्ग सेवा, मातृ तथा नवशिशु सेवा, खोप तथा परिवारनियोजन सेवा, हेमोडाईलाइसिस, समाजिकसेवा इकाई ,एकद्धारासंकट व्यवस्थापन केन्द्र, अप्रेशन सेवा, नवशिशु उपचार केन्द्र, पोष्णपुनस्थापनागृह जस्तासेवाहरु दिई रहेको जनाईएको छ । त्यस्तै आखा रोग, दन्तरोग, हर्निया, हाईड्रोसिल, एपेन्डिस लगायतका रोगहरुको पनि उपचार गरिदै आएको छ ।
अस्पतालमा अनलाईन टिकट, कर्मचारी डेस, अनलाईन टिकट, सिसि क्यामरा जडान, विहान ७ देखि बेलुकी ७ सम्म ओपिडीसेवा, सुरक्षित गर्भपतन, लगयतका सुधारात्मक काम भईरहेका अस्पतालले जनाएको छ ।
अस्पताल व्यवस्थापन समितिका अनुसार २०१६ सालमा हेथ्थपोष्टको रुपमा रहेको जिल्ला अस्पताल २०४६ सालमा पर्वत जिल्ला अस्पतालको १५ सैया अस्पतालको ६५ सैयामा परिणत गएिको छ । दरबन्दी भने १५ सैयाकै रहेको छ ।
जिल्ला अस्पताल पर्वतमा अहिले दिदैन ३ सय भन्दा बढि विरामीहरु आउने गर्दछन् । गत आव २०७९।८० आवमा ५२४६६ जनाले र२०८०।८१ मा ५८६२६जनाले सेवा लिएका छन् ।

त्यस्तैगरि इमर्जेन्सी सेवा लाई ३ वेडबाट ८ वेडमा पुर्याईएको छ भने, डाईलाईसिस सेवालाई पनि विस्तारगरि ४ सैया बाट ९ सैया पर्याईएको छ त्यस्तै स’रक्षित मातृत्व सेवामा ९ वटा वेड रहेको बताईएको छ ।
पर्वत जिल्ला अस्पताल पर्वतले शुक्रबार आयोजना गरेको २०८०। ८१को बार्षिक समिक्षा गोष्ठिको आयोजना गर्दै उक्त कुराको जानाकारी गराएको छ ।
समिक्षा कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति पर्वतका अध्यक्ष विष्णु राम विकले अस्पतालको सेवा विस्तार गर्न र स्वास्थ्यलाई गणस्तरवृद्धिकालागि सबैले सहयोग गर्न आग्रह गरेका छन् । अस्पताललाई थप व्यवस्थित र सुधार गर्न उर्जाशिला, लगतशिलता र ईमान्दारिता महत्वपुर्ण भुमिका हुने बताए ।
त्यसैगरी समय र विकासको गतिसगै विरामीको चाप बढ्दै गएपछि पर्वत जिल्ला अस्पताल पर्वत थप सेवा विस्तारगर्ने काम भईरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरिले बताएका छन् । गिरिले दरबन्दि अभाव, भवननिर्माणलाई चुस्तता दिन तथा अन्य काम भइरहेको जनाए । उनले पर्वत अस्पतालाई शान्त र रमणिय बनाउन अन्र्तराष्ट्रिय पर्वत विकास समाज सग सहकार्यगर्न लागिएको बताए ।
सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. हेमन्त बास्तोलाले आवमा अस्पतालको गरेका काम र आम्दानी खर्च बारेमा जानाकारी गएका थिए ।
अस्पतालमा बालरोग विशेषज्ञ, स्त्री तथा प्रसुति रोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञको खाचो औल्याएका थिए ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण ढकालले पालिका स्तरका अस्पताल निर्माण भएपनि सरकारले धान्न नसक्ने बताए । उनले यी अस्पताललाई व्यवस्थित बनाउन सके सेवालिन सहज हुने जनाए ।
उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष मनोहर वि पौडेलले कुश्माबजारमा रहेको पर्वत अस्पताललाई व्यवस्थित बनाउन सबै सकरात्मकरुपमा लाग्नुपर्ने बताए । पत्रकार महासंघ पर्वतका सचिव राजबाबु पिसी ले उर्जाशिलता, सकरात्मक सोच र सहि भिजनले विकासमा टेवा पुग्ने बताए ।
कार्यक्रममा सुरक्षित मातृत्वको बारेमा कार्यक्रममा जिल्लास्थित संचारकर्मी, अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, लगायको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन प्रकाश सुवेदीले गरेका थिए ।