संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा पर्वतमा विविध कार्यक्रम

6
views

नवदृष्टि संवाददाता
पर्वत, ३, असोज
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा पर्वतमा विविध कार्यक्रम गरिएका छन् । जिल्ला स्तरिय कार्यक्रम आयोजक समितिको आह्वानमा विहान सात बजे देखि वृक्षारोपण, प्रभातफेरी, कोणसभा, कार्यक्रम सम्पन्न भएको छ ।

विभिन्न संघसस्था, कर्मचारी, सुरक्षा निकाय, ओमशान्ति, स्थानिय लाखे नाच सहितको र्यालीले कुश्माबजारमा परिक्रममा गरि लोकतान्त्रिक चोकमा आएर कोण सभामा परिणत भएको थियो ।
कोण सभामा बक्ताहरुले संविधान देशको मुल कानुन भएकाले सबैले पालनागर्न र रक्षाका निम्ति लाग्नुपर्नेमा जोड दिएका थिए ।
समन्वय समिति पर्वतका अध्यक्ष विष्णुराम विकको सभापतित्वमा भएको सो सभामा प्रमुख जिल्ला अधिकारी, केदारदाथ शर्मा, नेपाली कागं्रेसका पर्वत जिल्ला उपसभापति डा चुडामणि शर्मा, एमाले पर्वतका अध्यक्ष गोविन्द गिरि पहाडि, नेकपा माओवादीका पर्वत जिल्ला अध्यक्ष उमाकान्त भुर्तेल, उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष ठाकुर वि पौडेलले संविधानका विषयमा आ—आफ्ना धारणा राखेका थिए ।
त्यसैगरी नेकपा एमालेले अन्र्तक्रिया कार्यक्रम गरि संविधान दिवस मनाएको छ ।
नेकपा एमाले जिल्ला कमिटी पर्बत द्वारा संविधान दिवस २०८१ को अवसरमा आयोजित संविधानमा समाविष्ट नागरिक अधिकार , कार्यान्वयनको वर्तमान अवस्था र चुनौतिहरु विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाका पालिका तथा वडाहरुमा पनि शुभकामना आदनप्रदान गरिएका छन् । यसैगरी साझमा पनि विद्यार्थीहरुद्धारा लोकतान्त्रिक चोक र शिवालय चोकमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको जनाईएको छ ।