सहारा बहुउद्धेश्यीय सहकारीका अध्यक्ष जिवि राई सहित १७ जना विरुद्ध मुद्दा

6
views

नवदृष्टि संवाददाता
पर्वत, ९ साउन
काठमाडौ । चितवनको साहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनमा संलग्न भएको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले सोहि सहकारीका अध्यक्ष जितेन्द्रबाबु (जीबी) राई सहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

सहकारी ठगी कसुरमा उनीहरुविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्तिप्रसाद लुइटेलले बताएका छन् ।
उक्त सहकारीका अध्यक्ष जीबी राई सहित सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगरको संलग्नमा सहकारीको रकम अपचलन गरिएको अभियोगपत्रमा दाबी गरिएको छ ।
जीबी राई समूहले ४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैया अपचलन गरेको दाबी गर्दै सोही बराबर बिगो, जरिवाना र कैद सजाय अभियोगपत्रमा माग गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख लुइटेलका अनुसार तीन वटा अभियोगपत्र पेस भएको र राईलाई फरार अभियोगपत्र दायर बताईएको छ ।