रास्वपाका नेता भ्रमण छोट्याएर फर्किए स्वदेश

6
views

नवदृष्टि संवाददाता
१०, असोज
काठमाडौ । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् । रास्वपा उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा गएको टोली आज विहिबार स्वदेश फर्किएको हो । चिनिया कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन प्रस्थान गरेको १४ सदस्यीय टोलीमध्ये ८ जना आज स्वदेश फर्किएका हुन् ।

गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशी पक्राउ परेपछि सभापति रवि लामिछाने पनि पक्राउ पर्ने चर्चा चलेपछि नेताहरू स्वदेश फकिएका छन् । उनीहरू असोज ५ गते चीन भ्रमणमा गएका थिए ।
९ दिनको भ्रमणलाई छोट्टाएर आफू सहित ८ जना आज फर्किएको उपसभापति वाग्लेले बताए । अन्य ६ जना भोलि फर्किने बताएको छ । सभापति लामिछाने पक्राउ पर्ने चर्चा चलेपछि रास्वपाले नेताहरूलाई फर्काउने निर्णय गरेको थियो ।