असोजको वर्षाले निम्त्याएको विपद्, देशभर ३७ जनाको मृत्यु ५१ जना वेपत्ता

3
views

नवदृष्टि संवाददाता
१२, असोज
काठमाडौ देशभर गएको बाढी र पहिरोको घटनामा परेर हालसम्म ३७ जनाको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन् । यो तथ्याङ्क असोज ११ गतेदेखि १२ गते दिउसो २ः४५ बजेसम्मको हो ।

हालसम्म घाइतेको सख्यां ४ जना रहेको छ भने १ हजार २९८ जनाको सकुशल उद्धार गरिएको छ । त्यस्तै, १ सय ९५ वटा घरमा भौतिक क्षति पुगेको छ ।
अविरल वर्षाका कारण निम्तिएको विपद्बाट काठमाडौ उपत्यका भित्रका तीन जिल्लामा एक्काई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काभ्रेपलाञ्चोकमा चारको मृत्यु १० वेपत्ता भएका छन् । पा“चथर र धनकुटामा दुई–दुई, झापा र धादिङमा एक–एक जनाको मृत्यु भएको छ । अन्य ठाउहरुको अपटेड हुनेक्रममा रहेको छ ।
१ सय ६२ स्थानमा भौतिक क्षति भएको छ । सशस्त्र प्रहरीले उपत्यकाका विभिन्न स्थानमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धारका लागि २३ वटा र्याफ्टीङ बोट परिचालन गरेको जनाईएको छ ।
सशस्त्रको टोलीले सात सय ६० जनाको सकुशल उद्धार गरेको शसस्त्र प्रहरी बलले जनाइएको छ ।
भक्तपुरको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीस्थित सुष्मा बिपी कोइराला नेत्र प्रतिष्ठानमा पानी जमेपछि उपचारारत १८ जना अपाङ्गता भएका बालबालिकालाई उद्धारगरी सुरक्षित स्थानमा सारिएको बताइएको छ । सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।