बाढि, पहिरो, डुबान उद्दारकालागि देशभर २० हजार भन्दाबढि प्रहरी परिचालन

8
views

नवदृष्टि संवाददाता
१२, असोज
काठमाडौ ः असोज महिनामा परेको अविरल वर्षा पछि आएको बाढी, पहिरो र डुबानलगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरुको खोज तथा उद्धारमा मुलुकभर २० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ



विपद्ब क्षति न्यूनीकरण, नागरिकको जीवन रक्षा र खोज तथा उद्धार एवं स्वास्थ्य उपचारमा सुरक्षाकर्मी सक्रियरुपमा परिचालन भएको छ ।

पछिल्लो पटकको बाढी, पहिरो र डुबानबाट एक हजारभन्दा बढी नागरिकको सकुशल उद्धार भइरहदा नेपाल प्रहरीबाट दश हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट दश हजार ५४० जना प्रहरी परिचालन भएका छन् ।
जसमध्ये काठमाडौ उपत्यकामा मात्रै नेपाल प्रहरीको चार हजार सात सय ६० र सशस्त्र प्रहरी बलबाट तीन हजार ५ सय सुरक्षाकर्मी खटाइएको छ।
त्यसैगरी नेपाली सेनाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चार जनाको हेलिकप्टरबाट उद्धार गरेको छ । सेनाको टोली देशभरको प्रभावित क्षेत्रमा परिचालन भएको छ भने राष्ट्रिय अनुसन्धान विभाग सूचना संकलनमा सक्रिय छ । शनिवार दिउसोसम्म एक हजार ५३ जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ ।