वडादशै सुरु, आज घटस्थापना घरघरमा जमरा राखिदै

3
views

नवदृष्टि संवाददाता
पर्वत, १७, असोज
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरूको महान् पर्व बडादसै आजबाट सुरु भएको छ । आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ ।

बिहानै नृत्य कर्मगरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा, माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशै घरमा विधिपूर्वक जौ, मकैको जमरा राख्ने गरिन्छ ।
आजैदेखि दसै घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
आजकै दिन हनुमानढोका दरवार स्क्वायरको दसैँ घरमा पनि विधिवत् रूपमा जमरा राखिएको छ ।