कुश्मामा शसस्त्रले देखायो, सडक दुर्घटना सम्वन्धि नमुना अभ्यास

9
views

नवदृष्टि संवाददाता
पर्वत, १६ असोज
सडकबाट गाडी दुर्घटना भयो, स्थानियबासीले देखेर प्रहरीमा खवर गरे, स्थानियहरु जम्माहुन थाले, लौन भनी हारगुमहार गर्दागर्दै शसस्त्र प्रहरी आईपुग्यो, सडकमा भिड देखिन थाल्यो, शसस्त्र प्रहरी भिरमा अड्ेका मान्छे र गाडिभित्रका मान्छेलाई उद्दार गर्न विभिन्न समाग्रीहरुको प्रयोग गरी मान्छेको उद्दारमा खटिए । घाईते उपचार र मृतकको सनाखद गर्नको लागि अस्पाताल पुर्याउन थालियो । यो सबै एउटा अभ्यास गरेको दृश्य थियो । मंगलबार शसस्त्र प्रहरि बल नेपाल नं २५ गण हेडक्वाटर चण्डिका कुश्मा पर्वतले सडक दुर्घटना सम्वन्धि नमुना अभ्यास गरेको हो । कुश्माको वडागाउ“ खेलमैदानमा उक्त अभ्यासको दृश्य देखाईएको थियो ।

सो अभ्यास अवलोकनका लागि जिल्ला सदरमुकाम स्थित विद्यालयका विद्यार्थी शिक्षक, सरकारी निकाय, संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सो अवसरमा सवारी साधन सडकबाट तल खसेपछिको दुर्घटनामा कसरी उद्दारगर्ने विषयमा शसस्त्र प्रहरीका जवानहरुले आफ्नो सिपकला प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शसस्त्र प्रहरी बल नेपाल नं २५ गण हेडक्वाटर चण्डिका कुश्मा शसस्त्र प्रहरी उपरिक्षक राजेन्द्र थापाले शान्ति सुरक्षा देखि विपद्जन्य वेला, मानविय तथा भौतिक क्षति न्यनिकरण गर्नको लागि चेतनामुलक कार्यक्रम संचालन गरिरहेकोे बताए । थापाले विपद्का बेला २४ सै घण्टा उच्चसतर्कताका साथ शसस्त्र प्रहरी खटिई रहने गरेको जनाएका थिए ।
सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, कुश्मानगरपालिकाकी उपमेयर स्वस्थानी रिजाल लगायतले शसस्त्र प्रहरीको योगदानको बारेमा बोलेका थिए । यस अघि शसस्त्र प्रहरी बलले आगलागी विपद्मा परेकाहरुलाई कसरी उद्दार गर्न सकिन्छ भन्ने अभ्यासपनि प्रर्दशन गरेको थियो ।