रवि पक्राउको विरोधमा प्रर्दशन

0
views

नवदृष्टि संवाददाता
३, कार्तिक
पोखरा । सहकारी ठगि प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि देशको राजधानि काठमाडौ लगायत विभिन्न ठाउहरुमा प्रर्दशन भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रह साँधेर पक्राउ गरिएको भन्दै काठमाडौ, भैरहवा, पर्सा, पोखरामा लगायतका ठाउहरुमा प्रदर्शन भएको छ ।


रास्वपाको आह्वानमा शनिवार पोखराको मानवअधिकार चोकमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले वास्तविक सहकारी ठगीलाई कारबाहीको माग गर्दै रवि लामिछाने निर्दोष रहेको दाबी गरेका छन् । राजनीतिक प्रतिशोधका कारण लामिछानेलाई पक्राउ गरिएकाले प्रतिशोध बन्द गर्न समेत उनीहरुले चेतावनी दिएका छन् ।
प्रदर्शनमा सहभागीहरूले कांग्रेस उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई कारबाहि हुनुपर्ने भन्दै उनीहरुको तस्बिर लिएर प्रर्दशनमा उत्रेका थिए ।