विपक्षी दलहरुको बैठकको निष्कर्ष शु-सासनमा सरकार चुक्यो

1
views

नवदृष्टि संवाददाता
२, कार्तिक
काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आह्वानमा विपक्षी दलहरुको बैठक बसेको छ । शुक्रबार बानेश्वरमा बसेको विपक्षी दलको बैठकले एमाले अध्यक्ष केपी ओली नेतृत्वको असफल भएको निष्कर्ष निकालेको छ । विपक्षी दलको बैठकले ओली सरकार असफल भएको निष्कर्ष निकाल्दै सुशासनको सवालमा गम्भीर ढङ्गले चुकेको ठहर गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका छन् ।

यस्तै आजपाका अध्यक्ष प्रभु साहले सरकारले अध्यादेश ल्याएर विभिन्न पार्टीहरूलाई फुटाइदिने र नेताहरूलाई समेत तर्साउने नियत राखेको भन्दै यसको प्रतिवाद गर्ने निष्कर्ष निकालिएको बताए ।
शाहले समसामयिक विषयमा सरकारलाई आइतबार ज्ञापनपत्र बुझाउने तय भएको बताए । बैठकले बाढी पहिरो पीडितको राहत र उद्धारको सन्दर्भमा सरकारको भूमिका गैरजिम्मेवार देखिएको सरकार सुशासनको सवालमा चुकेको, भ्रष्टाचारलाई प्रशय दिएको जस्ता आरोप पनि विपक्षी दलले लगाएको छ । बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी र आजपाका नेताहरुको सहभागिता रहेको थियो । यस्तै बैठकमा सत्तामा रहेका लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर समेत सहभागी थिए ।