हमास नेता याह्या सिनवारको मृत्यु भएको पुष्टि

2
views

एजेन्सी । दोहा, इजरायलले हमास नेता याह्या सिनवारको मृत्युको घोषणा गरेको एक दिनपछि प्यालेस्टिनी सशस्त्र समूह हमासले शुक्रबार गाजामा इजरायली सेनाद्वारा आफ्नो नेता याह्या सिनवारको हत्या भएको पुष्टि गरेको छ ।

’हामी महान नेता, शहिद भाइ, याह्या सिनवार, अबु इब्राहिमको शोक मनाउछौ,’ कतारस्थित हमासका अधिकारी खलिल अल–हय्याले अल जजिराद्वारा प्रसारित रेकर्ड गरिएको भिडियो वक्तव्यमा भनेका छन् ।
सन् २०२३ अक्टोबर ७ को आक्रमणपछि सिनवार इजरायलको सबैभन्दा खोजिएको व्यक्ति थिए । हमासको आक्रमण इजरायली इतिहासमा सबैभन्दा घातक थियो ।
वक्तव्यमा हय्याले गाजामा युद्ध समाप्त नभएसम्म हमासले आक्रमणका क्रममा इजरायलबाट कब्जा गरेका बन्धकहरूलाई रिहा नगर्ने बताए ।
’गाजामा हाम्रा मानिसहरू विरुद्धको आक्रमण नरोकिएसम्म बन्धकहरू फर्कने छैनन्,’ उनले इजरायललाई गाजाबाट फिर्ता हुन र इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न आह्वान गर्दै भने ,हमासले सिनवारको हत्याबाट शक्ति लिने भन्दै हय्याले ‘हमासले उनलाई उनीभन्दा अघिका आन्दोलनका नेताहरू र प्रतीकहरू’ मध्ये राखेको बताए ।