पशुपतिको गौशाला धर्मशालाबारे आज उच्च अदालत पाटनमा सुनुवाइ

2
views

नवदृष्टि संवाददाता
५, कार्तिक
काठमाडौको पशुपतिको गौशाला धर्मशाला विवादबारे उच्च अदालत पाटनमा आज सोमबार सुनुवाइ हुदैछ । कात्तिक २ गते यो विवादमा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरि सोमबार अन्तरिम आदेशबारे छलफलका लागि अदालतले दुबै पक्षलाई बोलाएको हो ।

असोज २ मा न्यायाधीश डालकुमार खड्काको एकल इजलासले सुनुवाइगर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
काठमाडौ महानगरपालिकाले धर्मशालाबाट हटाउने खोजेको र उक्त कार्य असंवैधानिक भएको दाबी गर्दै माडवाडी सेवा समितिका तर्फबाट पशुपति क्षेत्र विकास कोषसमेत १५ जनालाई विपक्षी बनाउँदै रिट दायर भएको थियो ।