झिलिबराङ आधारभुत विद्यालयमा क्रिकेट खेल सामाग्री पाएपछि विद्यार्थी उत्साहित

48
views

नवदृष्टि संवाददाता
पर्वत, ९ कार्तिक
पर्वत जिल्लाको झिलिबराङ आधारभुत विद्यालयमा विद्यार्थीलाई क्रिकेट खेल सामाग्री वितरण गरेपछि विद्यार्थीहरु खेलखेल्नप्रति आर्कषित देखिएका छन् । विद्यालयले क्रिकेट प्राक्टिस नेट, बल, ब्याट प्रदान गरेपछि खेलप्रति उत्साहित र आर्कषित भएको विद्यार्थीले बताएका छन् । विद्यालयबाट क्रिकेट खेल समाग्री पाएपछि समय मिलाएर विहान बेलुकी क्रिकेट खेल खेल्ने गरेको बताईएको छ ।

क्रिकेट खेलको विकासकालागि विद्यालयका विद्यार्थीलाई ग्रासरुट डेभलपमेन्ट कार्यक्रम अन्तरगत पर्वत जिल्ला क्रीकेट संघ संग सहकार्यगरि अगाडि बढेको बिद्यालयका खेल शिक्षक शिक्षक ध्रुर्व केसीले बताए ।

केसीले ६,७,८का विद्यार्थीहरुलाई सिकाईने र क्रिकेट सिकाई अभ्यास बाट जिल्लाहुने खेलकुद प्रतियोगितमा भागलिन सक्ने बनाउने जानाकारी दिए ।