संचारकर्मी र अभियान्ता शर्मा बिच कालिगण्डकी जलासययुक्त आयोजनाका बिषयमा छलफल

2
views

नवदृष्टि संवाददाता
पर्वत, ८ कार्तिक
अग्लापुलका पहलकर्ता तथा कालिगण्डकी जलासययुक्त आयोजनाका अभियान्ता मेघनाथ शर्मा र पर्वतका संचारकर्मीबिच बिहिबार कुश्माबजारमा समसामयिक कालिगण्डकी जलासययुक्त आयोजनाका बारेमा आयोजनाले समग्र धौलागिरी अंचललाई विकासमा कस्तो प्रभावपर्छ भन्ने विषयमा गहन छलफल गरिएको छ ।
कालिगण्डकी र अग्ला पुलहरु भौगोलिक धरातललेपनि आवश्यकता रहेको अभियान्ता मेघनाथ शर्माले बताए । कालिगण्डकी परियोजना लाई धेरै समयदेखि पहलगर्दै आएको बताउदै यो सबैको हितमा भएकाले यसलाई गहन अध्यायनगर्दै सबैले सहयोग गर्न‘ुपर्ने उनको धारणा थियो ।

शर्माले कुश्मा नेपाने मोटरेवलपुल, नयापुल पामे सुरुङ्ग मार्ग लाई अगाडि बढाउन लागि रहेको बताए । छलफल कार्यक्रममा संचारकर्मीहरुले कालिगण्डकी जलासययुक्त आयोजना र अग्लापुलका विषयमा भएगरेका कामको बारेमा जानाकारी लिएका थिए । पत्रकारमहासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले जनहितमा हुने विकास निर्माणलाई समग्र संचारकर्मीको साथ रहने जनाए । कालिगण्डकी जलासययुक्त आयोजनाका सम्वन्धमा प्रभावित ठाउहरुमा सार्वजनिक सुनुवाई कार्यक्रम भईरहेका छन् ।

संचारकर्मीबिच बिहिबार कुश्माबजारमा समसामयिक कालिगण्डकी जलासययुक्त आयोजनाका बारेमा आयोजनाले समग्र धौलागिरी अंचललाई विकासमा कस्तो प्रभावपर्छ भन्ने विषयमा गहन छलफल गरिएको छ ।