तिहारका लागि महानगरपालिका ४६ स्थानमा फूलको बिक्री वितरण प्रबन्ध

3
views

नवदृष्टि संवाददाता
१३, कार्तिक
काठमाडौ । आजदेखि यमपञ्चक सुरु भएसगै तिहार सुरु भएको छ । तिहारका लागि यो वर्ष पनि काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्री वितरणलाई व्यवस्थित गर्न महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा बिक्री वितरण प्रबन्ध गरेको छ ।

काठमाडौका कल्लाबारी, इचङ्गु र रामकोट क्षेत्र अहिले सयपत्री, गोदावरी र अन्य फूल फुलेर पाखाहरू निकै सुन्दर देखिएका छन् । किसान पनि बिहानैदेखि बारीमा गएर फूल टिप्न मै व्यस्त छन् । कल्लाबारी क्षेत्रमा व्यापारिक साथै उपभोक्ताहरू बारीमै पुगेर फूल किन्ने गर्छन् । यहा उत्पादित फूलहरू काठमाडौँ उपत्यकाभित्रै खपत हुने गर्छन् ।
प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री वितरणमा रोक लगाउदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्धनको व्यवस्था गरिएको मेयर बालेन साहले जानकारी दिएका छन् ।
मेयर बालेन शाहका अनुसार ’गएको वर्षे प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाडीगाउ र बालाजु विष्णुमती कोरिडोरमा फूल बिक्री गर्ने स्थान मिलाइएको थियो । त्यस ठाउमा पुग्न महानगर प्रहरी बलको सवारी साधन उपयोग गरिएको थियो । गएको वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउने प्रयास हुनेछ । यसका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको छ ।
स्वदेशी फूल व्यापारी किसानहरूले महानगरले तोको स्थानमध्ये आफूलाई पायक पर्ने स्थान छनोट गरेर बिक्री गर्न सक्नु हुनेछ । यसका लागि सम्पर्क व्यक्तिको नम्बर वा महानगर प्रहरी बलको क्षेत्रबाट पनि सहजीकरण काम हुने बालेनले जनाएका छन् ।