नवदृष्टि संवाददाता
१४, कर्तिक
काठमाडौ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल बुधबार साझ साढे ६ बजेदेखि सुरु हुदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबिचको फाइनल खेल हुन लागेको हो । फाईनल खेलका लागि महिला खेलाडि रंगशाला प्रवेश गरिसकेका छन् ।
यस्तै दर्शकहरु फाईनल खेल हेर्नको रंगशाल प्रवेश गरिरहेका छन् ।
नेपाल आजको खेलमा बंगलादेशलाई हराउदै पहिलो उपाधि चुम्ने प्रयासमा छ । रंगशालामै गएर खेल हेर्नका लागि ११ हजार दर्शकले टिकट काटेका छन् । रंगशाला प्रवेशलागि सुरक्ष्ाँ व्यवस्थापनि कडा पारिएको छ ।