राष्ट्रपतिले गरे सूर्यसहित छठी माताको पूजा आराधना

2
views

नवदृष्टि संवाददाता
२२, कार्तिक
काठमाडौ ः छठ पर्वतको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले कमलपोखरी र गौरीघाट पुगेर सूर्यसहित छठी माताको पूजा आराधना गरी अर्घ दिएका छन् । बिहीवार राष्ट्रपति पौडेलले कमलपोखरी र गौरीघाट पुगरे सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घदान गरेका हुन्् ।

छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउदो सूर्यलाई अर्घ दिने परम्परा रही आएको छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौ उपत्यकाका अन्य स्थानमा भव्य रुपमा मनाउने गरिन्छ ।
छठ पर्वका अवसरमा अस्ताउँदो सूर्यको पूजा गरी अर्घ दिन राजधानीका अन्य स्थानको छठघाट पनि भव्य रुपमा सजाइएको छ । छठ पर्व हेर्ने सर्वसाधारणहरुको पनि छठ घाटमा उल्लेख्य भीड रहेको थियो। गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, थापाथली, कुपण्डोल, नख्खु खोला, विष्णुमती र वागमती नदी किनारमा छठ घाट निर्माण गरी सजाइएको छ ।
यी स्थानमा छठ घाटसगै छठी माताको माटाको मूर्ति पनि निर्माण गरी पूजा आराधना गरिएको छ। आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएका व्रतालु शुक्रवार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्ने परम्परा रहि आएको छ । बिहान उदाउदा सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ । महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल भएको उल्लेख गरिएको छ ।