नवदृष्टि संवाददाता
२१, मंसिर
काठमाडौ । भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक शुक्रवार नेपाल आएका छन् । निजी भ्रमणमा शुक्रवार बिहान भारतबाट नेपाल आएका नाम्ग्यालले बौद्ध स्तुपाको अवलोकन गरेका छन् ।
झन्डै एक घण्टा त्यस क्षेत्रमा बिताएका भुटानी राजाले पूजाआजा पनि गरेका थिए । भ्रमणको सिलसिलामा नेपाल आएका भुटानी राजाले यसअघि स्वयम्भूनाथको अवलोकन गरेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुदै शुक्रबार नै स्वदेश फर्कने कार्यक्रम रहेको छ । नेपालमा रहदा उनले कसैसग औपचारिक भेटघाटको कार्यक्रम नरहेको सु’क्षा स्रोतले जनाएको छ ।