चिसोको प्रभाव जनजिवनमा बढ्दै

3
views

नवदृष्टि संवाददाता
४, पुष, पर्वत
मुलुकभर चिसो बढेको छ । जिल्लाका धेरै स्थानहरुमा बिहान बेलुकीको समयमा चिसो बढेपछि कामकाज गर्न कठिनाई हुन थालेको छ । बिहान सबेरै कामगर्नेहरु चिसोबढेपछि उठ्न समस्या भएको छ ।

चिसो बढ्न थालेपछि सेकताप गर्न, न्याना कपडा लगाउन तातो चिजहरु पिउन र खान विज्ञहरुले सुझाव दिने गरेका छन् । चिसोको कारण विभिन्न दम, रुघा, खोकी, ज्वरो, निमोनिया, घाटी दुख्ने रोगहरु बच्न न्यायो कपडा लगाउने, सेकताप गर्ने र तातो चिजहरु खाने गनु हितकर भएको डाक्टरहरुले बताउछन् ।
मुलुकका विभिन्न चार स्थानको तापक्रम आज माइनसमा झरेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका जनाएको छ ।
महाशाखाका अनुसार जुम्ला, जोमसोम, जिरी र लुक्लाको न्यूनतम तापक्रम माइनसमा छ । बिहिबार साझ पौने ६ बजे अध्यावधिक गरिएको तापक्रम विवरणमा जुम्लाको न्यूनतम तापक्रम माइनस पाच दशमलव पाच डिग्री रहेको छ । यस्तै जोमसोमको माइनस दुई दशमलव पाच, जिरीको माइनस शून्य दशमलव सात र लुक्लाको माइनस एक डिग्री   रहेको छ ।
मङ्सिर अन्तिम साताभन्दा आज न्यूनतम तापक्रम केही माथि रहेकाले थोरै कम चिसो महसुस गरिएको छ । वीरेन्द्रनगरको पाँच दशमलव छ, नेपालगञ्जको १० दशमलव दुई, भैरहवाको १०, पोखराको आठ, विराटनगरको १० दशमलव पाँच र ताप्लेजुङको न्यूनतम तापक्रम छ दशमलव पाच छ ।
काठमाडौँमा न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम दुई डिग्रीमा झरेको थियो । तर आज भने काठमाडौको न्यूनतम तापक्रम चार दशमलव आठ डिग्री रहेको महाशाखाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।