एकता युवा क्लबको आयोजनामा सरसफाई

10
views

नवदृष्टि संवाददाता
पर्वत, ११, पुष
जिल्लाको सदरमुकाम कुश्मा बजारमा सामाजिक कार्यमा क्रियाशिल रहेको एकता युवा क्लबको आयोजनामा एकदिने राम्चेको डिलदेखि गोपाङ घाटसम्म सरसफाइ कार्यक्रम बुधबार सम्पन्न गरेको छ ।

सरसफाईका लागि स्थानिय आमा समुह क्लवका सदस्य तथा स्थानिय समाजसेवीहरुको सहभागिता रहेको थियो । सरसफाईमा सहभागिताभई श्रमदानगर्ने सबैप्रति क्लवले अभार प्रकट गरेको छ ।
क्लबका अध्यक्ष कबिन्द्र के.सी.ले सरसफाईले स्वच्छता बढ्ने र हिड्नपनि सहज हुने भएकाले सरसफाई गरिएको बताए । उनले सरसफाई अभियानमा आउने सबैलाई धन्यवाद तथा आभार व्यक्त गरेका छन् । सो कार्यक्रममा कुश्मा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामहरि शर्मा क्लबका सल्लाहकार दामोदर आचार्य को पनि उपस्थिती रहेको थियो ।
सो कार्यक्रममा ४ हजार ५ सय ५ रुपया बराबरको खाजा सामाग्री डायमण्ड जनरल स्टोर का प्रोपाइटर गौतम आचार्य प्रदान गरेका थिए ।