नवदृष्टि संवाददाता
१२, पुष,
काठमाडौँ । आज शुक्रबार साझदेखि मौसममा बदलाब आउने र देशका धेरै स्थानमा हिमपात र वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण साझदेखि मुलुकका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना रहेको छ ।
मौसम पूर्वाअनुमान महाशाखाका अनुसार विभागले उक्त प्रणालीका कारण शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थान र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ ।
मौसम प्रणालीको असरका कारण तापक्रम घट्न गई चिसो बढ्न सक्ने समेत सम्भावना रहेको छ । शनिबार उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुनेछ भने, आइतबारबाट मौसममा सुधार आउने बताइएको छ ।