नवदृष्टि संवाददाता
पर्वत, १५,पुष
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्वतको १३ औ जिल्ला अधिवेशनबाट अध्यक्षमा विमल पौडेल सर्वसम्मत निर्वाचित भएका
छन् ।
कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा रहेको आइबल एकेडेमीका प्रिन्सिपल पौडेल शनिवार सम्पन्न अधिवेशनबाट सर्वसम्मत निर्वाचित भएका हुन् ।
त्यसैगरी कार्यसमितिको उपाध्यक्षमा पैयु गाउँपालिका पुण्य भुसाल, सचिवमा मोदी गाउपालिका भोलाराज सुवेदी, कोषाध्यक्षमा कुश्मा नगरपालिका उज्ज्वल अधिकारी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरूमा देवेन्द्र आचार्य, मिलन पौडेल, नेत्र पौडेल, युवराज लेप्चा, भरतराज काफ्ले, प्रकाश आचार्य, दीपेन्द्र क्षेत्री, दलबहादुर जि.सी र हेमन्त काफ्ले चयन भएका छन् ।
सो अवसरमा प्याब्सनको केन्द्रीय उपाध्यक्ष वीर बहादुर बुढाथोकीले शैक्षिक प्रणालीलाई मजबुत बनाउन निजी विद्यालयहरूको भूमिका महत्वपूर्ण रहेको बताए । उनले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्न लागिरहने बताए ।
प्याब्सन पर्वतका निवर्तमान अध्यक्ष श्रीराम पराजुलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका इन्चार्ज कृष्ण के.सी, शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मतिलाल चपाई, प्याब्सन गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष प्रकाश खनाल, जिल्लाका सबै स्थानीय तहका शिक्षा शाखाका प्रमुख को सहभागिता रहेको थियो ।
नवनिर्वाचित अध्यक्ष पौडेलले गुणस्तरीय शिक्षामा पहुच राख्नु सबैको अधिकार भएकाले सरकारले सामुदायिक र निजी विद्यालयलाई एकै नजरले हेर्नुपर्नेमा जोड दिए । ।