नवदृष्टि संवाददाता
पर्वत, १४, पुष
नेकपा नेकपा (माओवादी केन्द्र)कुश्मा नगर कमिटीको तेस्रो अधिवेशनबाट सर्वसम्मत अध्यक्ष पदमा मिनराज केसी अविरल चयन भएका छन् । केसी सहित सर्वसम्मत रुपमा चयनहुने पदाधिकारीहरुमा समितिको उपाध्यक्षहरुमा भिम नेपाली, देवी अधिकारी र जमुना अधिकारी रहेका छन् । त्यसैगरी सचिवमा राम अधिकारी, कोषाध्यक्षमा अविलास गिरी र सहसचिवमा बलराम पौडेल रहेका छन् ।
शनिबार कुश्मा बजारको पर्वत उद्योग वाणिज्य संघको हलमा सम्पन्न अधिवेशनले केसीको नेतृत्वमा ४६ सदस्यीय नया कार्यसमिति निर्माण गरेको छ ।
अधिवेशनको उद्घाटन पूर्वउर्जामन्त्री तथा नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसाल गरेकी थिईन् । भुषालले मुलुक गलतदिशातिर गईरहेको बताउदै भष्ट्राचार बेतिथि रोक्नको लागि सबैलाई एकजुट आग्रह गरेकी थिईन् । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पर्वत ईन्चार्ज नेत्रनाथ अधिकारी, राष्ट्रिय सभाको सदस्य मन रुपा सुवेदी र नेकपा माओवादी केन्द्र पर्वतका संयोजक उमाकान्त भुर्तेलले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा शहिद परिवारहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रम नेकपा (माओवादी केन्द्र) कुश्मा नगर समितिका अध्यक्ष शंकर गिरीको अध्यक्षता, उपाध्यक्ष मिनराज केसीको स्वागत र सचिव भिमबहादुर नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।