पाङ्गमा श्रीमद्भागवत् धनधान्याचल ज्ञान महायज्ञ संचालनको तयारी

11
views

नवदृष्टि संवाददाता
पर्वत, २२ पुष

पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङ्गमा माघ ७ गते देखि १५ गते सम्म धनधान्याचल ज्ञान महायज्ञ संचालन गरिने भएको छ ।
पाङधैरेनी माध्यमिक विद्यालयको दिगो सञ्चालन, स्तरोन्नती तथा संस्कृत शिक्षालयको रुपमा विकास गर्नका लागि श्रीमद्भागवत् धनधान्याचल ज्ञान महायज्ञ आयोजना गरिएको आयोजकले जनाएको छ ।

आइतवार महायज्ञ मुल आयोजक समितिले आयोजना गरेको कुश्मामा पत्रकार सम्मेलनमा उक्त कुराको जानाकारी दिईएको हो ।
आयोजकका अनुसार महायज्ञको समुद्घाटन अनन्त श्रीविभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यले गर्ने भएका हुन् ।
नौ दिनसम्म संचालन हुने महायज्ञमा आचार्य श्री चैतन्यकृष्ण महाराजले कथा प्रवचन पार्वतिको पवित्र जन्मभूमिको रुपमा रहेको पाङ्ग क्षेत्रको प्रचार प्रसार प्रवद्र्धन एवम् धार्मिक विकासका लागि पनि महायज्ञले महत्वपुर्ण भूमिका खेल्न संयोजक कृष्णप्रसाद रिजालले बताए ।
कक्षा १२ सम्म संचालित पाङधैरेनी माध्यमिक विद्यालयमा दुई सय साठी जना विद्यार्थी रहेका छन् । कक्षा नर्सरीदेखि अंग्रेजी माध्यममा पढाई संचालन भएको विद्यालयमा चार जना निजि श्रोतवाट शिक्षक नियुक्त गरिएको छ ।
निजि श्रोतवाट राखिएका शिक्षकहरुलाई मासिक तलब सुविधा भुक्तानी गर्न आर्थिक अभाव भएपछि महायज्ञ गर्नुको विकल्प नदेखिएको विद्यालयका प्रद्यानाध्यापक गुणराज पौडेलले जनाए । पौडेलका अनुसार महायज्ञमा रु. २ करोड भन्दा बढि संकलन गर्ने लक्ष्य राखिएको छ ।

अहिलेसम्म महायज्ञ संचालनका लागि १ हजार २ सय जना भन्दा बढि आयोजक सदस्य बनिसकेका छन् । आयोजक सदस्य बन्नकालागि ५ हजार १ सय रुपया“ तोकिएको छ । महायज्ञमा झण्डै दुई हजार आयोजक बनाउने लक्ष्य रहेको बताईएको छ ।
महायज्ञलाई कथा प्रवचनमा मात्र सिमीत नराखि पाङ शैक्षिक तथा आध्यात्मिक महोत्सवको रुपमा समेत विकास गरिने भएको छ । महायज्ञमा हरेक दिन विहान ७ बजेदेखि रातीसम्म पुर्जा अर्चना, कथाबाचन, मानसम्मान तथा भजनकृतन गरिने छ । विभिन्न झाकीहरु प्रदर्शनका साथै श्रृङ्गारिक महाआरती समेत संचालन गर्ने आयोजकको तयारी छ ।
महायज्ञमा सहाभागि भएर इच्छाअनुसारको दानगर्न, कथा प्रवचन गर्न समेत आयोजकले अनुरोध गरेको छ ।
महायज्ञमा आर्थिक तथा भौतिक सम्पत्ति दान गर्ने दानदाताहरुलाई छुट्टाछुट्टै सम्मान गर्ने व्यवस्था समेत मिलाईएको आयोजकले जनाएको छ ।