तिब्बतमा भुकम्प गएको २४ घण्टाभित्र ५ सय बढि परकम्प

3
views

एजेन्सी । तिब्बतमा भुकम्प गएको २४ घण्टा भित्र ५ सय बढि पराकम्प गएका छन् । चीनको तिब्बतमा शक्तिशाली भूकम्पबाट प्रभावित स्थानमा जारी खोजीमा सहभागी हुन १४,००० भन्दा बढी उद्धारकर्मी पुगेका छन् ।

मङ्गलवार बिहान गएको भूकम्पका कारण त्यहा सयौ घर भत्किएका र कम्तीमा १ सय २६ जनाको मृत्यु पुष्टि भएको छ ।
भूकम्पले सयौ घर भत्काउदा धेरै मानिस पुरिएको आशङ्का गरिएको छ । चिनिया सरकारी सञ्चारमाध्यमका अनुसार ४सय जनाभन्दा बढीको उद्धार गरिएको छ ।
भूकम्पको केन्द्रबिन्दु नेपाल–चीन सीमामा अवस्थित सगरमाथाबाट झन्डै ९० किलोमिटर टाढा छ । एउटा फल्ट लाइनमा पर्ने उक्त क्षेत्रमा भूकम्पीय गतिविधि भइरहने बताईन्छ ।