लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश

4
views

नवदृष्टि संवाददाता
२८ पुष

काठमाडौं ः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत काठमाडौले प्रहरीको जिम्मा लगाउने आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएका हुन् ।
आज थुनछेक बहस नभएपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको हो ।

सोमबार ११ बजेबाट प्रहरीले रविलाई पुनः अदालतमा उपस्थित गराउनेछ । त्यसपछि थुनछेक बहस सुरु हुने बताइएको छ ।
काठमाडौं जिल्ला अदालतमा लामिछानेसहित ३९ जनाविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दा दर्ता भएकोले लामिछानेसहितका आरोपीविरुद्ध काठमाडौं जिल्ला अदालतमा बहस हुनेछ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने बिहीबार मात्र कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।