चिसो सगै हिमपात, हुस्सु लाग्ने सम्भावना

2
views

नवदृष्टि संवाददाता
२९, पुष
काठमाडौ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले चिसो बढ्दै गएको छ भने, हिमपात, हुस्सु लाग्ने सम्भावना रहेको छ ।

कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै भू–भागमा हुस्सु लागेको अवस्था छ । हुस्सु लाग्दा यातायात देखि हिड्डुलमा समस्या परेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।