माघे संक्रान्ति पर्व मनाईयो

8
views

नवदृष्टि संवाददाता
१, माघ
काठमाडौ,
आज माघ १ गते माघे संक्रान्ति पर्व देशभर मनाईएको छ । नेपाली समुदायमा रहेको माघे संक्रान्ति पर्वमा चाकु, खिर्चाे(खिचडी), तरुल जस्ता चिजहरु खाने गरिन्छ ।
मगर समुदायले मंगलबार माघे सङ्क्रान्ति पर्व भव्य रुपमा मनाएका छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।

यस अवसरमा काठमाडौँमा झाँकीसहितको ¥यालीको आयोजना गरिएको छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइचो लाग्दछ । यी ठाउमा आज विशेष मेलासमेत लाग्ने गर्दछ ।
धर्मसिन्धुमा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको बताईन्छ ।
उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ ।