नवदृष्टि संवाददाता
१४, माघ
पर्वत ः प्रदेश अस्पताल कुश्मा पर्वत र नेपाल पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सोमवार कुश्मामा सम्पन्न भएको प्रतियोगितामा पत्रकार महासंघ पर्वतले जित हात पारेको छ ।
प्रदेश अस्पताल पर्वतको ३५ औ बार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्वत शाखाले जित हात पारेको हो । प्रदेश अस्पताल पर्वतलाई ६–१ गोलको अन्तरले महासंघले उपाधि हात पारेको छ । महासंघको तर्फवाट गंगाबहादुर गुरुङले चार, गोविन्द रिजालले एक र राजन गुरुङले एक गोल गरेका थिए ।
खेलको ४२ मिनेटमा प्रदेश अस्पतालको तर्फवाट एक गोल गर्न सफल भएका थिए ।