नवदृष्टि संवाददाता
२०,माघ
म्याग्दी÷ म्याग्दी जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा आइतबार सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् । थापा सहित अन्य ४ जनासमेत पक्राउ परेको बताइएको छ ।
प्रारम्भिक छानविनका क्रममा कुमारी बहुउद्धेश्यीय सहकारी संस्था ली. बाट १५ जनाले १ अर्ब ४९ करोड रुपैया हिनामिना गरेको पाइएको र पछि केहीले हिसाव मिलाएर अहिले १ अर्ब ४२ करोड रुपैया जति हिनामिना भएको अनुमान रहेको सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका सहकारी रजिष्ट्रार भेषराज रिजालले बताएका छन् ।
एमाले जिल्ला कमिटिका उपसचिवसमेत रहेका थापा लगायतलाई कानुनी प्रक्रियामा लैजान भन्दै केन्द्रको आदेश आएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।