भ्रष्टचारको जरोकिलो उखेलिने -(माओवादी केन्द्र)अध्यक्ष ‘प्रचण्ड’

7
views

नवदृष्टि संवाददाता
२२, माघ,
म्याग्दी । पुर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टचारको जरोकलिो उखेलिने बताएका छन् । माओवादी केन्द्र म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो धारणा राखेका हुन् ।


‘८४ मा ६४ भन्दा राम्रो जनमत प्राप्त गर्ने हो भने देशबाट भ्रष्टाचारको जरोकिलो उखेलेर फालिने छ प्रचण्डले भने,
म अहिले यही अपिलका साथ देशव्यापी अभियानमा हिडेको छु र अब चाडै सिङ्गो पार्टी पङ्क्ति देशव्यापी अभियानमा जुट्ने छ’,
प्रचण्डले आफूले तेस्रो पटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा ऐतिहासिक अभियानको सुरुवात गरेको उल्लेख गर्दै सेटिङमा देश चलाउनेहरूका विरुद्ध धावा बोलिएको बताए ।
आफूले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा थालेको अभियानका कारण जनतामा आशा र भरोसा बढेको बताए ।
अध्यक्ष प्रचण्डले वर्तमान सरकार संविधान र लोकतान्त्रिक भावना विपरीतको सरकार हो भन्ने जनतामा स्थापित हुदै गएको र संविधान मिच्न, भ्रष्टाचारीलाई जोगाउन, जनतामाथि निरङ्कुशता लाद्न र सुशासन विरोधी अभियान अवरुद्ध पार्न नै यो सरकार बनेको बताए ।
बेनीको कार्यक्रम सकेर पर्वतमा कार्यकर्ता भेटघाट र सम्बोधनपछि प्रचण्ड काठमाडौ फर्किएका थिए ।