काठमाडौं । ओडिसाको कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युको विरोधमा उत्रिएका नेपाली विद्यार्थीलाई कलेज प्रशासनले कलेजबाट निकाला गरेपछि विद्यार्थिहरुले भारती जनतापार्टि समर्थित विद्यार्थीहरुले विरोध गरेका छन् ।
नेपाली विद्यार्थीलाई रातारात कलेजबाट निकालेर रेलवे स्टेशन पु¥याइएको घटनाको विरोधमा अखिल भारतीय विद्यार्थी परिषद्ले विरोध सुरु गरेको हो ।
भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी समर्थित विद्यार्थी सङ्गठन अखिल भारतीय विद्यार्थी परिषद्ले नेपाली विद्यार्थीको समर्थनमा आन्दोलन सुरु गरेको छ ।
केआईआईटी कलेज परिसरमा परिषद्ले आन्दोलन चर्काएको छ । अखिल भारतीय विद्यार्थी परिषद्का राष्ट्रिय कार्यकारिणी सदस्य विश्वजित पात्रले नेपाली विद्यार्थीसँग कलेजले माफी माग्नुपर्ने र उनीहरूलाई कलेजमा फिर्ता बोलाउनुपर्ने माग गरेका छन् ।
रेलवे स्टेशनमा अलपत्र रहेका नेपाली विद्यार्थीलाई खान र बस्नको व्यवस्थासमेत कलेजले नै गर्नुपर्ने परिषद्ले माग गरेको छ । यसबाहेक मृतक विद्यार्थी र उनको परिवारलाई क्षतिपुर्ति दिनसमेत परिषद्ले माग गरेको छ ।
परिषद्का ओडिसा सचिव बुद्धदेव वाग रेलवे स्टेशनमा अलपत्र रहेका नेपाली विद्यार्थीलाई भेट्नसमेत पुगेका छन् । अमानवीय क्रियाकलापको अखिल भारतीय विद्यार्थी परिषद् घोर भत्र्सना गर्दछ र यस्तो गर्नेलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।