अमेरिकामा वर्षा र अत्यधिक चिसोले १० जनाको मृत्यु

4
views

एजेन्सी
वासिङ्टन डिसी । अमेरिकामा अत्यधिक चिसोका कारण १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये नौ जना केन्टकीका र एक जना जर्जियाको भएको बताइएको छ ।
चिसोकै बीच ती स्थानमा भारी वर्षा भएको केन्टकीका गभर्नर एन्डी बेशियरले आइतबार बाढीमा फसेका सयौ मानिसहरूलाई सुरक्षित स्थानमा सार्नु पर्ने बताएका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले राज्यको लागि विपद् घोषणा गरेका छन् । यो सगै संघीय आपतकालीन व्यवस्थापन एजेन्सीलाई राज्यभर राहत प्रयास सुरु गर्ने अधिकार मिलेको छ ।

धेरै मृत्युहरू कार पानीमा फसेका कारण भएको थियो भनिएको छ । यसरी मर्नेमा एक आमा र उनको ७ वर्षीय सन्तान रहेको जनाईएको छ । स्थिति प्रतिकूल रहेकोले बेशियरले मानिसहरूलाई सडकमा ननिस्कन भनेका छन् ।
मौसमविद्हरूका अनुसार केन्टकी र टेनेसीमा वर्षाले अवस्था झनै बिगारेको छ । राष्ट्रिय मौसम सेवाका वरिष्ठ पूर्वानुमानकर्ता बब ओराभेकले केन्टकी र टेनेसीका केही भागहरूमा ६ इन्चसम्म वर्षा भएको बताए । वर्षाका कारण धेरै नदीहरू भरिभराउ भएको र बाढी आइरहेको बताइएको छ ।
शनिबार दिउसो, टेनेसीको रिभासको सानो समुदायमा बाध भत्कियो र वरपरका क्षेत्रहरू डुबानमा परेको थियो । मानिसहरूलाई बचाउन अग्निनियन्त्रक अधिकारीहरू उद्धार कार्यमा संलग्न हुनुपरेको थियो । बाध भत्किनुभन्दा केही घण्टा अघि राष्ट्रिय मौसम सेवाले अचानक बाढी आउने चेतावनी जारी गरेको थियो ।