खानेपानीको अभाव सृजनाहुन नदिन कटुवाचौपारीमा डिप बोरिङ्ग

5
views

नवदृष्टि संवाददाता
१२, फागुन
पर्वतको कुश्मानगर पालिका ९ कटुवाचौपारीमा पानीको अभावहुन नदिन बोरिङ्ग सिस्टमबाट खानेपानी आपुर्ती हुने भएकोछ ।

कटुवाचौपारी गुणस्तरीय खानेपानी तथा सरसफाई संस्थाले उक्त खानेपानीको आपुर्ति सहज बनाउन डिप बोरिङ्ग सिस्टम लागु गरेको हो ।
हिउ“दको सिजनमा खोलानालामा पानीको आभाव देखिने र पानीको आवश्यकतापनि बढ्ने भएकाले डिप बोरिङ्ग सिस्टमको खानेपानीले स्थानियबासिन्दालाई राहत महशुस गरेको छ ।
कुनपा ९ स्थित खानेपानी ट्याङ्कीको नजिकैबाट डिप बोरिङबाट निकालिएको पानीलाई सनीवार एक घण्टा र आईतबार डेड घण्टा फिल्टर ट्याङ्कीमा राखिएको कटुवाचौपारी गुणस्तरिय खानेपानी तथा सरसफाई संस्थाले जनाएको छ ।
बेलाबेलामा हिउ“दको बेला खानेपानीमा कमी आउने पानी धारामा नआउदा घण्टौ लगायर खोलामा जानुपर्ने थियो, डिप बोरिङ्गले राम्रो गरको स्थानियहरु उपभोक्ताहरु बताउ“छन् ।