केपी ओली कप प्रतियोगितामा संकटा क्लव सेमिफाईनल

3
views

नवदृष्टि संवाददाता
१३, फागुन
काठमाडौ । केपी ओली कप प्रतियोगितामा संकटा क्लव सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा विभागिय टोली एपिएफलाई हराउदै सेमिफाईनलमा पुगेको हो ।

ललीतपुर सातदोबाटो एन्फा कम्प्लेसमा खेलिएको खेलमा संकटाक्लवले एपिएफलाई पेनाल्टी सुट आउटमा ५–३ गोलले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा भएपछि जीतको निर्णय पेनाल्टी सुट आउटमा बाट निर्धारण गरिएको थियो ।
संकटाले अबको सेमिफाईनल खेल आर्मी सग खेल्नेछ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको खेलमा नौ टिमले भाग लिएका छन् ।