(साफ) यु–१९ च्याम्पियनसिपमा नेपाल भारतसग पराजित

1
views

३१, बैशाख
काठमाडौं ः दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसग ४–० ले पराजित भएको छ ।

लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको भारत समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल र भारतले आफ्नो पहिलो खेलमा श्रीलंकालाई क्रमशः ५–० र ८–० ले पराजित गरेका थिए । मंगलबार अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रंगशालामा भारतलाई जित दिलाउन रोहिन सिंहले दुई तथा ओमङ्ग डोडुम र ड्यानी मिथेइले समान एक गोल गरे ।
खेलको २८औं मिनेटमा रोहिनको गोमार्फत भारतले अग्रता लिएको थियो । रोहिमले ७६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल तथा टोलीका लागि तेस्रो गोल गरे। ८४औं मिनेटमा ड्यानीले गोल गर्दै भारतलाई ४–० को सहज जित दिलाए । सेमिफाइनलमा भारतले समूह ‘ए’ को उपविजेता माल्दिभ्ससँग् शुक्रबार खेल्दा नेपालले फाइनल प्रवेशका लागि समूह ‘ए’ को विजेता बंगलादेशसग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आगामी आइतबार हुनेछ ।