एजेन्सी । युद्ध तनाव व्यवस्थापनका लागि भारत र पाकिस्तानबीच आज वार्ता हुँदै छ । दुई हप्ताअघि जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच युद्ध शुरू भएको थियो ।
अस्ति शनिवार मात्रै पूर्णतहको युद्धविराम घोषणा भएको थियो । आपसी वार्ताबाट विवाद समाधान गर्ने उद्देश्यसहित युद्धविराम गरेका दुई देशबीच पूर्व निर्धारित तालिका अनुसार आज वार्ता हुन लागेको हो ।
आज दिउँसो दुई देशका सैन्य उच्चधिकारीसहितको वार्ता तय भएको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ ।
वार्ताको नेतृत्व भारतका सैन्य अपरेशन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेशन महानिर्देशकले गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।