म्याग्दीमा पहिरो खस्दा बुबाको मृत्यु, छोरा बेपत्ता

3
views

म्याग्दी, २५, असार । म्याग्दीको मालिकाका गाउँपालिका–३ मा पहिरोले पुरिँदा बाबुको मृत्यु भएको छ भने छोरा बेपत्ता भएका छन् ।

बुधबार दिउँसो खसेको पहिरोमा परेर मालिका गाउँपालिका–३ लुप्सीटारका ३५ वर्षीय जगेन्द्र विकको मृत्यु भएको र उनका १३ बर्षिय छोरा सरोज बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी एवं इन्स्पेक्टर सागर पौडेलका अनुसार दिउँसो १२ बजेतिर घरनजिकैको पाखो बारीमा घाँसदाउरा गर्न गएका बाबुछोरा पहिरोमा परेका थिए ।

बेपत्ता बालकको खोजीका लागि प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको छ ।