बाढीले बागलुङको कालुङखोला लघु जलविद्युत आयोजना बगायो

17
views

बागलुङ, २५, असार । गएरातीदेखि परेको अविरल वर्षासँगै खोलामा आएको बाढी र गेग्रानले दक्षिण बागलुङको लघु जलविद्युत आयोजना बाढीले बगाएको छ ।

बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थाप हुँदै बग्ने कालुङखोलाले सोही ठाउँमा रहेको उपल्लो कालुङखोला लघु जलविद्युत आयोजना बगाएको हो । बाढीले पुल र घरहरुमा क्षति पुर्याएको छ ।

आयोजनाका प्राविधिक रामबहादुर क्षेत्रीका अनुसार खोलामा बाढी आएपछि रातको समयमा स्थानीयको भागाभाग भएको र आँफुपनि भागेर ज्यान जोगाएका थिए ।

कालुङखोलाले गतवर्ष ३५ लाख खर्चेर निर्माण गरिएको स्टिल पुल समेत बगाएको क्षेत्रीले बताए ।

बाढीले केन्द्रीय विद्युत प्रसारण लाइनको ट्रान्सफर्मरमा समेत क्षति पु¥याएको छ । स्थानीय विद्युत आयोजना बग्ने र केन्द्रीय विद्युतको प्रसारण रोकिएपछि पैञ्युथन्थापका एक सय ३० घर अन्धकारमा छन् ।