काठमाण्डौ । सुनको भाउले आज कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन एक हजार नौ सय रुपैयाँले बढेर तोलाको एक लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ २५ रुपैयाँले बढेर तोलाको दुई हजार दुई सय ८० रुपैयाँ कायम भएको छ ।