कालीगण्डकीमा जलसतह खतराभन्दा माथि

263
views

नम्रता लामिछाने ।
पर्वत, २०, साउन । तीनदिनदेखि लगातार बर्षा भइरहेको छ । बर्षाका कारण कुनैपनि मानविय क्षति नहोस् भन्नका लागि सरोकारवालाहरुले चासो व्यक्त गरेका छन् ।

कालीगण्डकी नदी, मोदी र खहरे खोलाका आसपासका बस्ने सर्वधारणलाई सर्तक रहन जिल्ला प्रशासन लगायतले अनुरोध गरेका छन् ।

यतिबेला लगातार बर्षा भइरहेको र नदी तथा खोलाको पानीको उच्च सतह पार गरिरहेकोले नदि किनारामा बस्ने सर्वसाधारणले सर्तक अपनाउन आवश्यक रहेको समाजसेवी थमनारायण पौडेलले बताए ।
पौडेलले भने ‘नदि किनारा तथा आसपासमा बस्नेहरुले मात्र होईन बर्षाका कारण पहिरोबाट पनि दुर्घना निम्तिन सक्ने हुँदा घाँसपात गर्ने सर्वसाधारण पनि सर्तक रहनुपर्ने पौडेलले बताए ।